हिमालय एअरलाइन्सको एअरबसले गर्‍यो पोखरा अन्तरास्ट्रिय विमानस्थलमा अवतरण

काठमाडौं । हिमालय एअरलाइन्सको एयरबस ए३२० ९एन–एएलभी आइतबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थल (पीआईए) मा सफलतापूर्वक अवतरण गरेको छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै हिमालयन एअरलाइन्सको एअरबसले प्रदर्शनी उडान गरेको हो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन समारोहका लागि हिमालय एअरलाइन्सले आइतबार दिउँसो १ बजेर ११ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए) काठमाडौँबाट उडान भरेर १ बजेर ४४ मिनेट हुँदा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।

हिमालय एअरलाइन्स्को यो एअरबस पोखरामा अवतरण गर्ने पहिलो एअरबससमेत बनेको छ । यो विमान ९ एन–एएलभीलाई पानीको फोहराको सलामी दिई स्वागत गरिएको थियो । त्यसपछि विमान आइतबार ३ बजेर ४४ मिनेटमा पोखराबाट उडान भरेर चार बजेर १७ मिनेटमा काठमाडौँमा अवतरण गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *