काठमाडौं ! नेपालगञ्जबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको जहाज नेपालगञ्ज विमानस्थलमा आकस्मिक अवतरण गरिएको छ। उडेको केहीबेरमै जहाजको बायाँ इन्जिनमा धुवाँ देखिएपछि जहाज सोही विमानस्थलमा अवतरण गराइएको नेपालगन्ज विमानस्थलका प्रमुख सुरेश खनालले जानकारी दिए।
जहाज नेपालगञ्ज विमानस्थलबाट बिहान ९ बजेर ४९ मिनेटमा उडेको थियो। जहाजमा चालक दलका ४ सदस्यसहित ८३ जना यात्रु थिए। जहाजमा सबै यात्रु सकुशल रहेको र सबैलाई बाहिर निकालिएको छ।