भद्रपुर उडेको बुद्ध एअरको जहाज प्राविधिक समस्या भएलगत्तै बीचबाटै काठमाण्डौ फर्कियो

काठमाण्डौ – काठमाण्डौबाट भद्रपुरका लागि उडेको बुद्ध एअरको जहाज टायरमा समस्या देखिएपछि काठमाण्डौ फर्किएको छ ।

बिहान १० बजेर ४३ मिनेटमा उडेको जहाज टायरमा समस्या देखिएपछि बीचबाट फर्किएको त्रिभुवन विमानस्थल नागरिक उड्डयन कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिनुभयो ।

जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सकुशल अवतरण भइसकेको छ । अहिले प्राविधिक जाँच भइरहेको सिटौलाले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *