मध्यपूर्वमा कतार एयरवेजका उडानहरु अस्थायी रुपमा स्थगित

काठमाडौं ! कतार एयरवेजले मध्यपूर्वको द्वन्द्वलाई मध्यनजर गरेर अस्थायी रुपमा आफ्ना उडान स्थगित तथा समायोजनको निर्णय लिएको छ।  कतार एयरवेजले ट्राभल अलर्ट जारी गर्दै इराक, इरान, लेबनान, र जोर्डन लगायतका गन्तव्यहरूमा उडानहरू अस्थायी रूपमा निलम्बन र समायोजन गर्ने निर्णयबारे जानकारी गराएको हो।

“मध्यपूर्व क्षेत्रको वर्तमान परिस्थितिका कारण, कतार एयरवेजले अर्को सूचना नआएसम्म इराक, इरान, र लेबनानतर्फका सबै उडानहरू अस्थायी रूपमा स्थगित गरेको छ। साथै, अब अम्मान, जोर्डनका लागि उडानहरू केवल दिनको समयमा सञ्चालन हुनेछन्। एयरलाइन्सले स्थितिलाई नजिकबाट निगरानी गरिरहेको र आवश्यकता अनुसार अपडेटहरू गरिने उल्लेख गर्दै भन्यो, “हाम्रा यात्रुहरूको सुरक्षा हाम्रो सर्वोच्च प्राथमिकता हो।”

इजरायलले प्यालेस्टाइनको गाजामाथिको  आक्रमणलाई निरन्तरता दिंदै पछिल्लो समय लेबनानमाथि पनि हवाई तथा स्थलगत आक्रमण गर्न थालेपछि मध्यपूर्व अशान्त हुँदै गएको छ। यहि परिस्तिथिलाई मध्य नजार गर्दै कतार एयरवेजले ती क्षेत्रका उडानबारे यस्तो निर्णय लिन पुगेको हो।