चाबहिलको सिरक-डस्ना स्टोरमा भीषण आगलागी

काठमाडौं । हिजो मंगलबार साँझ काठमाडौं महानगरपालिका–६ चाबहिल, सरस्वतीनगरस्थित सिरक-डसना स्टोरमा भीषण आगलागी भएको छ।

गोपीकृष्ण हलको पछाडि रहेको सिरक-डसना बनाउने ठाउँमा भीषण आगलागी हुँदा वरिपरिका घरमा समेत क्षति पुगेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।

आगलागी नियन्त्रणका लागि चार वटा दमकल पुगेको र आगो नियन्त्रण भएको जनाइएको छ । आगलागी कसरी भयो भन्नेबारे खुलेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *