एमाले कैलाली जिल्ला अधिवेशनको तयारी पुरा, सहमतिमै नेतृत्व चयनका लागि प्रथम प्रयास – इन्चार्ज राना

कैलाली : नेकपा (एमाले) कैलालीको आठौँ जिल्ला अधिवेशन पुस २३ गते (भोली) देखि सुरु हुँदैछ । भोलिदेखि सुरु हुने अधिवेसनको तयारी लगभग पूरा भएको पार्टीका पोलिटव्युरो सदस्य एवं जिल्ला इन्चार्ज नादरमुनी रानाले जानकारी दिनुभयो ।

जिल्ला अधिवेशनको उद्घाटन भोलि धनगढीमा हुँदैछ,पार्टि सचिव एवं सुदुरपश्चिम इन्चार्ज लेखराज भट्ट भोलीको जिल्ला अधिवेशन उद्घाटन उद्घाटनसत्रको प्रमुख अतिथी रहनु हुने बताइएको छ।
कार्यक्रम स्थलको सरसफाइ गर्ने, स्वागत गेट तयार गर्ने, प्रचारसामाग्री तथा झण्डा, व्यानर बनाउने काम लगभग सकिएको इन्चार्ज रानाले बताउनु भयो । जिल्ला अधिवेशनमा भाग लिने प्रतिनिधिहरुको पनि टुंगो लागिसकेकाले अब अधिवेशनमा जिल्ला नेतृत्व एवं पदाधिकारीमा के कसरी अघि बढ्ने भन्ने विसय प्रमुख बनेको छ।

पार्टिको जिल्ला नेतृत्व लिनलाई वर्तमान अध्यक्ष रतन थापा,उपाध्यक्ष रण बहादुर चन्द र सदस्य डेजि पाण्डे दौडमा हुनुहुन्छ।
इन्चार्ज रानाका अनुसार सकभर नेताहरुलाई सहमतीमा ल्याएर सहमतिका साथ नै जिल्ला नेतृत्वको टुंगो लगाइने बताउनु भयो। “हामी अहिले विशेष परिस्थितिमा छौ,पार्टिका विरुद्ध चौतर्फी हमला भैरहेको अवस्थामा हामीले एक आपसमा अन्तरद्दन्द गर्दैनौ,सबैकुरा सहमतिमै भए पार्टी अझ मजबुत हुन्छ र विपक्षी विरुद्ध उभिन सहयोग पुग्छ त्यसैले हामीले सकेसम्म सहमतिमै अधिवेशन सम्पन्न गर्ने पक्षमा छौ। यदि अन्त्य सम्म सफल भैएन भने लोकतान्त्रिक विधि अनुरुप लगेर पनि अधिवेशनबाट सौहार्दताका साथ नेतृत्व टुंगो लगाउछौ”-इन्चार्ज रानाले भन्नुभयो।

भोलीबाट सुरु हुने जिल्ला अधिवेशनको लागि विभिन्न उपसमिती मार्फत कामहरु भैरहेको जनाइएको छ।उपसमितिहरुले आ-आफ्नो जिम्मेवारीहरुलाई अन्तिम रुप दिइरहेको जनाइएको छ।

खासगरी यो अधिवेशनबाट जिल्ला नेतृत्व कसले हत्याउन सफल हुन्छन् भन्नेमा पार्टिका सबै शुभेच्छुक अनि जिल्लाबासीको कौतुहलता रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *