मिटरब्याजी समस्या समाधान गर्ने कानुनी राष्ट्रपतिबाट प्रमाणिकरण

काठमाडौँ !  मिटरब्याजी समस्या समाधानका लागि सरकारले कानुन राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणिकरण भएको छ।

मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८० लाई राष्ट्रपति पौडेलले प्रमाणिकरण गरेका हुन्।

सरकारले मुलुकी संहिता २०७४ मा मिटरब्याजलाई अनुचित लेनदेनका रुपमा परिभाषित गर्दै वैशाख २० गते संशोधन अध्यादेश जारी गरेको थियो।

अध्यादेशको प्रतिस्थापनका रुपमा विधेयक ल्याएपछि असार २० गतेभित्र पारित नहुँदा विधेयकको प्रकृति नै परिवर्तन गरेर प्रतिनिधिसभाले पारित गरेको थियो। उक्त विधेयकलाई राष्ट्रियसभाले अनुमोदन गरेर बिहीबार प्रमाणिकरणका लागि राष्ट्रियसभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाकाले राष्ट्रपति समक्ष पठाएका थिए।

शुक्रबार राष्ट्रपति पौडेलले उक्त विधेयक प्रमाणिकरण गरेका हुन्।

विधेयक प्रमाणिकरण भएसँगै मिटरब्याजी समस्या समाधान समाधान गर्न कानुनी बाटो खुलेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *