ओम्स नेपालले महाधिवेशनका लागि गर्‍यो समिति गठन : प्रचारप्रसार उपसमिति संयोजकमा जनक ढकाल

काठमाडौं । बजार व्यवस्थापन तथा विक्री कर्मचारी संघ (ओम्स) नेपालले आफ्नो पहिलो राष्ट्रिय महाधिवेशनका लागि विभिन्न समिति गठन गरेको छ ।

संस्थाले अध्यक्ष सूर्यप्रसाद पराजुलीको संयोजकत्वमा मुल आयोजक समिति, उपमहासचिव जनक ढकालको संयोजकत्वमा प्रचारप्रसार उपसमिति, सूर्यप्रसाद पराजुली (बी)को संयोजकत्वमा आर्थिक व्यवस्थापन उपसमिति, ऋषि अधिकारीको संयोजकत्वमा अतिथि सत्कार उपसमिति गठन गरेको छ ।

यस्तै, राम भण्डारीको संयोजकत्वमा स्टेज तथा गेज सजावट उपसमिति, देवप्रसाद शर्माको संयोजकत्वमा सुरक्षा तथा स्वयंसेवक उपसमिति, हरि चुदालीको संयोजकत्वमा व्यवस्थापन तथा दर्ता उपसमिति, विजय पाण्डेको संयोजकत्वमा स्वास्थ्य शिविर उपसमिति, हरि कुवरको संयोजकत्वमा खाना तथा नास्ता उपसमिति, अमर बस्नेतको संयोजकत्वमा सुपरिवेक्षण तथा रेखदेख समिति र युवराज खनालको संयोजकत्वमा संघसंस्था समन्वय उपसमिति गठन गरिएको उपमहासचिव ढकालले जानकारी दिए ।

संस्थाको पहिलो राष्ट्रिय महाधिवेशन आगामी भदौ ८ गते बुटवलमा हुने भएको छ ।