एमाले अर्घाखाँचीको अध्यक्षमा भुसाल सर्वसम्मत

काठमाडौं ! नेकपा एमाले अर्घाखाँचीको अध्यक्षमा पिताम्बर भुसाल चयन भएका छन् । पार्टीको ९औं जिल्ला अधिवेशनबाट अध्यक्ष पदमा पुनः भुसाल दोहोरिएका हुन् ।

त्यस्तै सचिवमा तोजबहादुर रायमाझी निर्विरोध निर्वाचित भएका छन् । उपाध्यक्षमा प्रेमनारायण गैरे र शम्भुप्रसाद पोखरेल, खुला उपसचिवमा श्रीकृष्ण भुसाल र खगेश्वर पन्थी, समावेशी उपसचिवमा गीता भाट र शिवकला विकबीच चुनाव भएको छ । त्यसको नतिजा आउन बाँकी छ ।