एमाले बाजुराको अध्यक्षमा लालबहादुर ओली निर्वाचित : पदाधिकारीमा पनि ओली समुहकै एकलौटी बर्चस्व

बाजुरा । नेकपा (एमाले) बाजुरा जिल्ला कमिटीको अध्यक्षमा लालबहादुर ओली निर्वाचित हुनुभएको छ ।  नेतृत्व चयनका लागि भएको निर्वाचनमा ओली विजयी हुनुभएको हो । अध्यक्षमा भरत थापा अर्को उम्मेदवार हु्नुहुन्थ्यो ।
यस्तै उपाध्यक्षमा जनककुमार बोहोरा, सचिवमा काशी बिक, उपसचिव हरि रोकाया र राजकला सार्की निर्वाचित हुनुभएको छ ।