एमाले सुनसरीको अध्यक्षमा रेवतीरमण भण्डारी निर्वाचित

काठमाडौं ! नेकपा (एमाले) सुनसरीको सातौं अधिवेशनबाट अध्यक्षमा रेवतीरमण भण्डारी निर्वाचित हुनुभएको छ। अध्यक्षमा त्रीपक्षिय भिडन्त रहेको सुनसरीमा भण्डारीका साथै मेयर द्रारिकलाल चौधरी र खेमराज पोखरेल हुनुहुन्थ्यो।

कुल १८०५ प्रतिनिधिमध्ये प्राप्त मतपरिणाम अनुसार भण्डारीले ९२०,पोखरेलले ७७५ र चौधरीले ८० मत प्राप्त गर्नुभएको थियो।

त्यस्तै उपाध्यक्षमा निलम खनाल,सचिवमा पर्शुराम चौधरी,उपसचिवमा राम कोइराला र योगराज खड्का निर्वाचित हुनुभएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *