एमाले डडेल्धुराको अध्यक्षमा गजेन्द्र शाही सर्वसम्मत निर्वाचित : यस्तो छ अन्य पदाधिकारीको सूचि

काठमाडौं ! नेकपा एमाले डडेल्धुराको अध्यक्षमा गजेन्द्र शाही सर्वसम्मत चयन भएका छन्। एमाले डडेल्धुरा संयोजक रहेका शाही नवौं जिल्ला अधिवेशनबाट अध्यक्षमा सर्वसम्मत चयन भएका हुन्।

शाहीलाई सर्वसम्मत अध्यक्ष चयन गरिएको छ ।  उपाध्यक्ष दुर्गा गिरी, सचिव शिद्धराज भट्ट, उपसचिव प्रकाश बोहरा र समावेशी उपसचिवमा इन्द्रा ताम्राकारपनि सर्वसम्मत चयन भएका छन् ।

अध्यक्ष शाही गन्यापधुरा गाउँपालिका-३ सकायलका हुन्। शाहीले २०५३ सालमा अनेरास्ववियुको जिल्ला कमिटी उपसचिव हुँदै राजनीति सुरु गरेका हुन्।

उनी त्यसपछि जिल्ला सचिव हुँदै ०५९ मा तत्कालीन प्रजातान्त्रिक राष्ट्रिय युवा संघको सहसंयोजक र ०६३ मा जिल्ला अध्यक्ष बनेका थिए।

युवा संघ नेपालको केन्द्रीय सचिवालय सदस्य हुँदै केन्द्रीय उपाध्यक्ष समेत बनेका उनले सोही समयमा सुदूरपश्चिम प्रदेश र लुम्बेनी प्रदेश इन्चार्जको जिम्मेवारी समेत सम्मालेका थिए।