एमाले कंचनपुरको अध्यक्षमा सुरेन्द्र बिष्ट विजयी

कंचनपुर ! नेकपा (एमाले) कंचनपुरको आठौं जिल्ला अधिबेशनबाट जिल्ला कमिटी अध्यक्षमा सुरेन्द्र बिष्ट विजयी हुनुभएको छ। विजयी बिष्टले वीर बहादुर थापालाई परजित गर्नुभएको हो।

त्यस्तै उपाध्यक्षमा लक्ष्मी बुढा, सचिवमा पल्लब राज भट्ट, उपसचिवमा कर्ण बहादुर चन्द र फैरु तामाङ निर्वाचित हुनुभएको छ।

उक्त निर्वाचनमा पदाधिकारीले प्राप्त गरेको अन्तिम मतपरिणाम यस्तो छ:-

४७० अन्तिम मतगणना परिणाम
अध्यक्ष
वीर बहादुर थापा १८३
सुरेन्द्र बिष्ट २८१ विजयी
उपाध्यक्ष
महेश प्रशाद पन्त २०५
लक्ष्मी बुढा २५४ विजयी
सचिव
अशोक चन्द २२६
पल्लव राज भट्ट २३३ विजयी
उपसचिव
कर्ण बहादुर चन्द ३४७ विजयी
फैरु तामाङ २९६ विजयी
शेर बहादुर चन्द १९७

Leave a Reply

Your email address will not be published. Required fields are marked *