एमाले संखुवासभाको अध्यक्षमा जेवि घिमिरे सर्वसम्मत निर्वाचित

काठमाडौं ! नेकपा(एमाले) जिल्ला कमिटी संखुवा सभाको आठौं जिल्ला अधिवेशनबाट सर्वसम्मत रुपमा कमिटी चयन भएको छ।

उक्त अधिवेशनबाट जेवि घिमिरेको अध्यक्षतामा सर्वसम्मत जिल्ला कमिटी चयन भएको प्रदेश १ एमाले अध्यक्ष तुलसी न्यौपानेले बताउनु भयो।

गत २६ गते पार्टी अध्यक्ष केपी शर्मा ओलीले उक्त अधिवेशनको खादवारीमा समुद्घाटन गर्नुभएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *