कैलाली -५ भुगोलतर्फ सर्वाधिक तेस्रो लोकप्रिय मत ल्याई उमेश गिरि जिल्ला सदस्यमा निर्वाचित

धनगढी ! नेकपा (एमाले) कैलालीको भुगोल तर्फको मतगणना हिजो राती सम्पन्न भएको छ। पाँच विकाश क्षेत्र रहेको कैलालीमा क्षेत्र न. ५ तर्फ सर्वाधिक तेस्रो लोकप्रिय मत ल्याइ धनगढी-८ का उमेश गिरि जिल्ला सदस्यमा निर्वाचित हुनुभएको छ।

कुल खसेको ५८९ मतबाट गिरिले २१० मत प्राप्त गर्नुभएको हो। क्षेत्र न. ५ तर्फ सर्वाधिक मत पाउनेमा केशवराज भट्ट हुनुहुन्छ। उहाँले २४३ मत प्राप्त गर्नुभएको छ। पाँचैवटा भुगोल तर्फको गणना हिजो सकिएको छ भने आजबाट खुल्ला प्रतिस्पर्धी लगायतको गणना हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *