एमाले कैलाली अधिवेशन : मतदान आज हुने,अध्यक्षमा ढुंगानाको पल्लाभारी पक्का

धनगढी ! नेकपा एमाले कैलालीको ९ औं जिल्ला अधिवेशनको बन्दसत्रको कार्यक्रम आजपनि जारी छ । त्यसैअनुसार आज बिहान ८ बजेबाट मतदानको कार्यक्रम हुने निर्वाचन कमिटीले उल्लेख गरेको छ। फागुन ६ गते एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नु भएको उक्त अधिवेशन लम्बिएको छ। अधिवेशनबाट अध्यक्षका लागि यज्ञराज ढुंगाना,दुर्गा जोशी र डेजी पाण्डेले उम्मेदवारी दर्ता दिएका छन् । अध्यक्षका उम्मेदवार ढुंगानालाई पूर्व प्रदेश अध्यक्ष दामोदर भण्डारी लगायतका नेताहरुको दरिलो साथ छ भने दुर्गा जोशीलाई पार्टी सचिव लेखराज भट्टको साथ रहेको छ। त्यस्तै डेजी पाण्डेलाई स्थायी कमिटी सदस्य कर्ण थापा समूह र भीम रावलको दस बुँदे समूहको साथ रहेको छ।जसको नेतृत्व झपट रावलले गरिरहेका छन् ।

भुगोलमा अत्यन्त लोकपि्रय र प्रतिनिधिका पृय मानिएका ढुंगानाले फेसबुकमा आफ्नो उम्मेदवारीले पार्टीको पुरानो विरासतलाई फर्काउने प्रतिबद्धता व्यक्त गर्दै आफ्ना एजेन्डासहित स्टाटस लेखेका छन् । उनको स्टाटस यस्तो छ।

आदरणीय प्रतिनिधि कमरेडहरू शुभप्रभात एवंम् हार्दिक अभिवादन,

नेकपा एमाले कैलालीकाे नेतृत्व चयनका लागि आज बिहान ८ बजेदेखि मतदान भइरहेकाे कुरा यहाँहरू सबैलाई अवगत नै छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) हुँदै मैले एमालेकाे राजनीतिमा लामाे समय सक्रिय रहेर संगठन निर्माणमा खेलेकाे भूमिकाबारे तपाईंहरूलाई धेरै भनिरहनु पर्दैन् । सामाजिक क्षेत्रमा रहेर पनि आफूले भ्याएसम्म तपाईं सबै कार्यकर्ताकाे सुख, दु:ख, पिर, मर्कामा सक्दाे साथ दिने र सहयाेग गर्ने काम गर्दै आएकाे कुराबारे पनि मैले धेरै बाेलिरहनु नपर्ला । मैले आफ्नो राजनीतिक र सामाजिक जीवनमा प्राप्त गरेका अनुभवलाई अब कैलाली पार्टी निर्माणमा खर्चिने उद्देश्यले अध्यक्ष पदमा उम्मेदवारी दिएकाे छु ।
तपाईंहरूकाे भावनाअनुसार नै मैले उम्मेदवारी दिएकाले सबैको पूर्ण साथ, सहयाेग पाउनेमा विश्वस्त छु ।
खासगरि मैले कैलालीमा सामूहिकताका आधारमा नेकपा एमालेलाई सशक्त र एकताबद्वपार्टी बनाउन मुख्य गरि निम्न एजेन्डा अघि सारेकाे छु । यति मात्र नभएर अगामी दिनमा समेत पार्टी कार्यकर्ताकाे भावनाअनुसार अघि बढ्ने प्रतिबद्वता जनाउन चाहान्छु । त्यसका लागि मलाई तपाईंको अमूल्य मतकाे खाचाे छ । त्यसैले आज हुने मतदानमा तपाईंहरूले आफ्नाे अमूल्य मत दिएर मलाई अत्यधिक मतले जिताउनुहुनेछ भन्नेमा पूर्ण विश्वस्त रहदै त्यसका लागि सबैमा अपिल समेत गर्दछु ।

मेरा एजेन्डा र प्रतिबद्वताहरू

१) पार्टी सञ्चालनकाे आन्तरिक जीवनलाई व्यवस्थित गर्न नयाँ सदस्यता प्रदान र नवीकरणमा कुनै भेदभाव नगर्ने तथा पार्टीलाई विधि,पद्वतिअनुसार चलाउने, पार्टीभित्र माैलाएकाे विकृति, विसंगतिकाे अन्त्य गर्ने

२) संस्थागत निर्णयकाे आधारमा पार्टी सञ्चालन गर्ने

३) स्थानीय रूपमा जनताले भाेग्नुपरेका जनजिविकाका समस्यालाई राजनीतिक ढंगले समाधान गर्नकाे लागि जिल्लामा छुट्टै संयन्त्र बनाउने

४) तीनै तहकाे निर्वाचनमा पार्टीले नराम्रो हार व्यहोर्नुपरेकाे छ । गुमेकाे विरासतलाई थप उपलब्धिका साथ हाँसिल गर्नेगरि पार्टीका गतिविधिलाई अघि बढाउनेछाैँ । यसले गर्दा पार्टीले अघि सारेको मिसन ८४ लाई सफलताकाे बिन्दुमा पुगाउने सम्भव हुनेछ ।

अभिवादनसहित धन्यवाद ।