कैलाली एमाले अधिवेशन : अध्यक्षमा तीन जनाको दाबी,अन्यमा यस्तो छ सूचि

धनगढी : आगामी ६ र ७ गते हुने कैलाली जिल्ला अधिवेशनका लागि उम्मेदवारहरूको लर्को लेखिएको छ । पहिलो पटक जिल्ला अधिवेशनको लागि पार्टी नेतृत्वले अधिवेशन सुरु हुनुभन्दा पहिल्यै आकाङ्क्षीहरूको चाहना बुझेको हो ।

एक पदको अध्यक्षमा तीन जना, उपाध्यक्षमा ८ जना, सचिवमा १२ जना र २ पदको उपसचिवमा ३० जनाले दाबी गरेका छन् ।

अध्यक्षमा यज्ञराज ढुङ्गाना, दुर्गा जोशी र डेजी पाण्डेले दाबी गरेका छ । त्यस्तै उपाध्यक्षमा लोकेन्द्र शाही, मानराज शाही, नृप खडायत, मदनराज ओझा, शर्मानन्द भट्ट, गजेन्द्र स्वार, दलबहादुर रावल र प्रेम डगौरा छन् ।

सचिवमा बिष्णु चन्द,ममता प्रसाद चौधरी, कमलसिं राना,चूडामणि भट्ट, आनन्द प्रसाद भट्ट, शम्भु कुँवर, वीरेन्द्र बहादुर रावल, द्वारिका न्यौपाने, विष्णु बहादुर चौधरी, बक्त बहादुर शाही,हितेश ओझा र भीष्मराज सुवेदी रहेका छन् ।

त्यस्तै उपसचिवमा धिमलाल जोशी, राजु गुरुङ, चक्र बहादुर विष्ट, नौरता देवी खड्का, मदन राज रेग्मी, टिकाराम आचार्य, हिक्मत रावल, दलबहादुर विष्ट, केदार प्रसाद ओझा अम्बिका विष्ट मल्ल, भुवन रिजाल, निर्मला संज्याल, किशोर शाह,लक्ष्मी केसी, गणेश बहादुर साउद, मोहन विक,  धुर्व्र बहादुर भण्डारी छन् ।

त्यस्तै खगेन्द्र कुमार ठकुल्ला, जगत बोहरा, धु्रर्व खत्री, नेत्र प्रसाद खनाल, कमला कुँवर, गृष्मा चौधरी, हर्कबहादुर बुढा, टेकबहादुर बुढा, प्रेम भुल गोविन्द कोइराला, रत्ना कुवर गणेश बुढा  र सुरज परियारले पनि उपसचिवमा इच्छा देखाएका छन् ।

एमाले कैलाली जिल्लाको नवौँ  अधिवेशन ६ गते कैलालीको सुखडमा एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने तयारी भइरहेको छ । त्यो भन्दा अघि नै पदाधिकारीहरूको  इच्छा पत्र लिइएको हो ।एमालेका पोलिटब्युरो सदस्य तथा कैलाली इन्चार्ज गणेशसिंह ठगुन्नाले सहमतिमै नेतृत्व चयन गर्न सहमतिको प्रयासका लागि अधिवेशन अगावै आकांक्षीबाट इच्छा पत्र पेस गर्ने समय दिइएको बताए । ‘पदाधिकारीमा आकांक्षा राख्ने, उम्मेदवारी दिने चाहाना भएकाहरूले आज पार्टी कार्यालयमा जिल्ला इन्चार्जलाई सम्बोधन गरेर इच्छा पत्र पेस गर्ने समय दिइएको हो,’ ठगुन्नाले भने, ‘भोलि र पर्सि आकाङ्क्षीहरूबिच सहमतिको प्रयास गरिने छ ।’

एमालेले अधिवेशनमा हुने अनावश्यक खर्च र नलम्बियोस् भन्ने उद्देश्यले कैलालीमा अधिवेशन उद्घाटन पूर्व नै पदाधिकारीमा इच्छा पत्र माग गरिएको जनाएको छ ।