महासचिव पोखरेलद्रारा एमाले सिराहा जिल्ला अधिवेशन उद्घाटन (फोटोसहित)

काठमाडौं ! नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले एमाले सिराहा जिल्ला अधिवेशनको आज उद्घाटन गर्नुभएको छ।

उक्त अवसरमा प्रमुख अतिथिका रुपमा महासचिव पोखरेल हुनुहुन्थ्यो। साथै विशिष्ट अतिथिहरुमा पार्टिका सचिव रघुवीर महासेठ,स्थायी कमिटी सदस्य प्रभु साह लगायतका नेताहरुको उपस्थिति रहेको थियो।

गत २३ गते लगभग ७० जिल्लाहरुमा एकैसाथ अधिवेशनहरु उद्घाटन भएपनि केही प्राविधिक कारणले गर्दा बाकी जिल्लाहरुमा रोकिएका थिए। रोकिएका जिल्लाहरुमा क्रमशः अधिवेशनहरु सुरु हुन लागेका हुन् ।                                                                     

Leave a Reply

Your email address will not be published. Required fields are marked *