रिटर्नी फेडेरेसन नेपाल कैलाली जिल्ला संयोजकमा रविन्द्र रोकामगर चयन : यस्तो छ नवगठित कार्यसमिति

धनगढी ! नेकपा एमालेको कान्छो जनवर्गीय संगठन रिटर्नी फेडेरेसन नेपालको कैलाली जिल्ला भेला आज (बिहिबार) सम्पन्न भएको छ। कैलालीको गोदावरी नगरपालिका स्थित चिकेन स्टेसनको हलमा सम्पन्न उक्त जिल्ला भेलाबाट रविन्द्र रोका मगरको संयोजकत्वमा ९ सदस्यीय आयोजक कमिटी चयन भएको छ।

     

रिटर्नी फेडेरेसन नेपाल सुदूरपश्चिम प्रदेश कमिटीका अध्यक्ष जीवन कुमार शाहको अध्यक्षतामा सम्पन्न भएको भेलामा प्रमुख अतिथिका रुपमा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य तिर्थराज भट्टराई थिए । उक्त कार्यक्रममा अतिथिका रुपमा एमाले जिल्ला कमिटी सदस्यहरु आनन्द भट्ट र टिकाराम आचार्य,एमाले गोदावरी नगर कमिटीका कार्यवाहक अध्यक्ष सन्तोष सिंह,रिटर्नी फेडेरेसन नेपालका केन्द्रीय सदस्य शिवराज जैसी लगायत विभिन्न जनवर्गीय संगठनका प्रतिनिधि लगायत रिटर्नीहरुको बाक्लो उपस्थिति थियो। उक्त कार्यक्रम(भेला)को संचालन रिटर्नी फेडेरेसन नेपाल सुदूरपश्चिम प्रदेश कमिटीका सचिव हुकुम बहादुर बोहराले गरेका थिए।

आजको भेलाबाट सर्वसम्मत चयन भएको कमिटी यस्तो छ।
संयोजक -रविन्द्र रोका मगर
सह-संयोजक-दिनेश पाण्डे
सचिव-धर्मराज भट्टराई
सदस्य-सन्तोष सिंह
सदस्य-नवराज आचार्य
सदस्य-पदम बहादुर धामी
सदस्य-भीम बहादुर साउँद
सदस्य-भान बहादुर बिष्ट
सदस्य-प्रेम साउँद