एमाले धादिङको अधिवेशन स्थगित

काठमाडौं । नेकपा (एमाले) जिल्ला कमिटी धादिङको नवौँ जिल्ला अधिवेशन अनिश्चित कालका लागि स्थगन भएको छ।

जिल्ला अध्यक्ष भूमि त्रिपाठीले जबरजस्ती प्रस्तावहरु पेस गर्दै एकलौटी निर्णय भएको घोषणा गर्न खोजेपछि बैठकमा असहज परिस्थिति बनेको जनाइएको छ। अधिवेशन स्थलमा सोही कारण हात हालाहाल भएको जनाइएको छ।

त्यसपछि जिल्ला कमिटीका सदस्य र नेताहरुमाथि हुलहुज्जत र धक्कामुक्का पनि भएको जनाइएको छ ।

Uml-Dhading-1707019332.jpg