एमाले जिल्ला अधिवेशन : कैलालीमा भोलि बिहान ८ बजेबाट मतदान सुरु हुने

धनगढी ! नेकपा (एमाले) कैलालीको आठौं अधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया लम्बिएको छ। आज मतदान हुने भनिएपनि प्राविधिक कारणले गर्दा चुनाब हुन सकेन। सांझपख हलमा केही प्रतिनिधि र युवाहरुले होहल्ला गरि निर्वाचनका लागि तयार पारिएको सामाग्रीहरु तोडफोड समेत गरेको खबर पाइएको छ।

सोही घटनालाई मध्यनजर गर्दै अध्यक्ष मण्डल र निर्वाचन आयोगको बैठक बसि भोलि ८ बजे मतदान सुरु गर्ने भनि निष्कर्ष सहित बिज्ञप्ति निकालेको छ। एमाले कैलालीको नेतृत्व सहित पदाधिकारी र सदस्यहरुका लागि भोलि बिहान ८ बजेबाट दिउँसो १ बजेसम्ममा मतदान सक्नेगरी निर्वाचन आयोगले कार्यतालिका बनाएको छ।
जिल्ला कमिटी अन्तर्गत थारु र महिला कोटाबाट भने सर्वसम्मत निर्वाचित भैसकेको जानकारी प्राप्त भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *