एमाले कैलाली उपाध्यक्षमा चर्चित नेता सिताराम बुढाथोकीको उम्मेदवारी

धनगढी ! एमाले कैलालीको आसन्न आठौं अधिवेशनमा कैलाली क्षेत्र न. ५ धनगढी निवासी चर्चित नेता सिताराम बुढाथोकीले जिल्ला कमिटी उपाध्यक्षमा आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ।

दुई कार्यकाल एमाले जिल्ला कमिटी सदस्य रहिसक्नु भएका बुढाथोकी जिल्लामै लोकप्रिय नेताका रुपमा चिनिनुहुन्छ। अध्यक्षका उम्मेदवार रण बहादुर चन्दको प्यानलबाट आफुलाई उपाध्यक्षको उम्मेदवार घोषणा गर्नुभएको हो। उपाध्यक्ष घोषणा गर्नुभएका बुढाथोकीले आफुले जित्नेमा विश्वस्त हुनुहुन्छ। आफुले जितेपछी पार्टिलाई गतिशील बनाउन अझ भुमिका खेल्ने उहाँले बताउनु भयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *