एमाले म्याग्दीको अध्यक्षमा बालकृष्ण सुवेदी सर्वसम्मत

काठमाडौ ! नेकपा एमाले म्याग्दीको १० औं अधिवेशनबाट अध्यक्षमा युवा नेता बालकृष्ण सुवेदी निर्विरोध चयन भएका छन् । अधिवेशनबाट उपाध्यक्षमा प्रमोद श्रेष्ठ, सचिवमा थमसरा पुन, उपसचिवद्वयमा सतप्रसाद रोकामगर र खड्ग गिरी निर्वाचित भएका छन् ।

७५ सदस्यीय जिल्ला कमिटीमा महिला तर्फ २३ सदस्य, खुल्ला तर्फ १३ सदस्य, युवा ११, दलित ५, मजदुर १, अल्पसंख्यक २, भुगोल तर्फ अन्नपूर्ण गाउँपालिकाबाट ५, रघुगंगाबाट ४, बेनीबाट १४, मंगलाबाट ९, मालिकाबाट ६ र धवलागिरीबाट ५ सदस्य चयन भएका छन् ।

शुक्रबार एमाले महासचिव शंकर पोखरेलले अधिवेशनको उद्घाटन गरेका थिए।