एमाले कैलाली जिल्ला अधिवेशन : मेयर ममताप्रसाद चौधरीद्रारा उप-सचिवमा उम्मेदवारी

धनगढी ! घोडाघोडी नगरपालिकाका प्रमुख एवं नेकपा (एमाले) का नेता ममताप्रसाद चौधरीले एमाले कैलालीको आसन्न आठौं अधिवेशनबाट उप-सचिवमा उम्मेदवारी दिएका छन् ।

अध्यक्षका उम्मेदवार रण बहादुर चन्दको प्यानलबाट उप-सचिवमा उम्मेदवारी दिएका चौधरी एमाले कैलालीमा निकै लोकप्रिय नेता मानिन्छन। सातौ जिल्ला अधिवेशनबाट जिल्ला सदस्यमा निर्वाचित चौधरी गत स्थानिय चुनाबमा घोडाघोडी नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए। निकै लोकप्रिय नेतामा गनिने हुनाले आम प्रतिनिधिले उनलाई मत दिएर जिताउने विश्वास सबैको रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *