युवा नेता अरुण कुँवरको कैलाली जिल्ला कमिटी सदस्यमा उम्मेदवारी किन ? (प्रतिबद्धता सहित)

धनगढी ! रास्ट्रीय युवासंघ नेपालका स्थायी कमिटी सदस्य अरुण कुँवरले आसन्न कैलाली जिल्लाको अधिवेशनमा जिल्ला कमिटी सदस्य (खुल्ला) तर्फबाट उम्मेदवारी दिएका छन।

एमाले युवामाझ मात्र हैन्,सबै युवामाझ अति लोकप्रिय मानिने कुँवरले आफुले किन जिल्ला कमिटी सदस्यमा उम्मेदवारी दिएको भनेर प्रस्ट्याएका छन् ।

युवा उद्यमीका रुपमा पनि परिचित उनले आम युवाहरुको नेतृत्व त गर्ने नै छन तथापी उनको प्रेरणादायी संघर्षले युवाहरुलाई श्रममा जोडिन प्रेरणा मिल्नेछ। पार्टिमा काम गर्दा श्रममा नजोडिने वर्तमान परिपाटीलाई उनको कमिटीमा उपस्थितिले परिवर्तन गराउने छ। युवा नेता कुँवरको कमिटीमा उपस्थितिले हरेक पार्टी सदस्य श्रममा पनि जोडिनुपर्छ र उ आत्मनिर्भर बन्न सक्छ भन्ने सन्देश प्रवाह गर्नेछ ।

समाजमा होस् वा युवाहरुमा एमालेका जनमुखी एजेन्डाहरुलाई स्थापित गराउन उनको उपस्थितिले उल्लेख्य भुमिका खेल्न सक्छ। युवा नेता भएकाले आजको प्रविधिसँग जोडिएका तमाम युवाहरु उनको सम्पर्कमा छन्,ती युवाहरुलाई एमालेमा आकर्षण गराउन पनि अरुण कुँवर जस्ता युवाहरुको सहभागीता आवस्यक रहेको उनी बताउछन् ।

“एमाले हरेक वर्गसँग जोडिएको सबै व्यक्तिहरुको साझा पार्टी हो,यसमा हामी जस्ता युवाको उपस्थिति हुँदा फरक सन्देश जाने र समाजबादको आधार तयार पार्न टेवा पुग्ने भएकाले मेरो प्रतिनिधित्व कमिटिमा आवस्यक छ”- उम्मेदवार कुँवरले भने।

आफू जिल्ला कमिटिमा निर्वाचित भएपछी पनि आज जस्तै कुनै गुट उपगुटमा नलागी पार्टिलाई सबल र सक्षम बनाउन भुमिका खेल्ने उनको प्रतिवद्दता छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *