एमाले कैलालीको अध्यक्षका लागि रतन थापा र रण बहादुर चन्दद्रारा उम्मेदवारी दर्ता : चुनाबी प्रक्रियामा गए अधिकांश प्रतिनिधिहरु चन्दको पक्षमा

धनगढी ! नेकपा ( एमाले) कैलालीको नेतृत्व चयनका लागि निर्वाचन हुने प्रायः निश्चित भएको छ। निर्वाचन कमिटीले आज दिउँसोबाट प्रक्रिया सुरु गरेको छ।

निर्वाचन कमिटीद्रारा दिउँसो ३ बजेबाट उम्मेदवारी मनोनयनका लागि फारम वितरण सुरु गरेको थियो र सांझ ५ बजेसम्मलाई उम्मेदवारी मनोनयन दर्ताको समय तोकेको थियो।

सभ्यखबरलाई प्राप्त जानकारी अनुसार अध्यक्ष पदमा वर्तमान अध्यक्ष रतन थापा र उपाध्यक्ष रण बहादुर चन्दको भिडन्त हुने पक्कापक्की छ। यस अघि अध्यक्षका अर्का दावेदार जिल्ला सचिवालय सदस्य डेजी पाण्डे भने सहमतिका लागि सचिवमा बस्न राजी हुनुभएको र सोही अनुसार उम्मेदवारी दिनुभएको जनाइएको छ।

कैलाली अधिवेशनलाई सर्वसम्मत बनाउन केन्द्रिय नेताहरुले आवस्यक सक्रियता देखाउनु भएको थियो तर वर्तमान अध्यक्ष रतन थापाले आफू फेरि नेतृत्वमा दोहिरिने अडान राखेपछी प्रक्रिया निर्वाचन तर्फ मोडिएको हो। यदि वर्तमान अध्यक्ष रतन थापाले आफ्नो अडान त्यागेर संगठनमा लामो संघर्ष र त्याग गरेका सहयोद्दा रण बहादुर चन्दलाई अध्यक्ष बनाउन तयार भए अझैपनि सहमती र सर्वसम्मतको ढोका बन्द नभएको बताइन्छ।

यदि दुबै नेताले नेतृत्वमा आफ्नो दावी नछाडे भोलि बिहान ८:३० बजेबाट निर्वाचन कमिटीले मतदानको लागि आफ्नो कार्यसुची तय गरिसकेको छ। अन्य पदाधिकारीहरुमा पनि एक भन्दा बढी उम्मेदवारी परेको जनाइएको छ। उपाध्यक्षमा सिताराम बुढाथोकी र दुर्गा जोशीको उम्मेदवारी परेको बताइन्छ। त्यसैगरी सचिवमा अध्यक्षको दावेदारी छोडेर सहमतिका लागि त्याग गर्नु भएका नेता डेजी पाण्डे र दान बहादुर बिक(चित्रण) रहेको जनाइएको छ। त्यसैगरी उप-सचिवमा ममता चौधरी,लोकेन्द्र शाही,लक्ष्मी चौधरी,बिनय शाह लगायतको उम्मेदवारी दर्ता भएको जनाइएको छ।

त्यसैगरी खुल्ला,भुगोल लगायतका क्षेत्रबाट जिल्ला सदस्यहरुको पनि उल्लेख्य मात्रामा उम्मेदवारी परेको जनाइएको छ।
अधिवेशन हलमा प्रतिनिधिसँगको सभ्यखबर टिमले अबको नेतृत्व कसलाई देख्न चाहनुहुन्छ भन्ने प्रश्नमा अधिकांश प्रतिनिधिहरुले जिल्लाको सक्षम र सबल नेतृत्व देख्न चाहेको प्रतिक्रिया दिनुभएको छ। रतन थापा र रण बहादुर चन्द मध्ये कसलाई रोज्नुहुन्छ भन्ने प्रश्नमा प्रतिनिधिहरु अबको नेतृत्व हस्तान्तरण हुनुपर्ने र वर्तमान उपाध्यक्ष रण बहादुर चन्दले एक पटक जिल्लाको नेतृत्व गरेको हेर्न चाहेको बताएका छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *