झापामा दिपक कार्की र धादिङमा भुमी त्रिपाठी एमाले जिल्ला अध्यक्षमा सर्वसम्मत निर्वाचित

काठमाडौं ! नेकपा (एमाले) झापा र धादिङको जिल्ला अधिवेशनबाट अध्यक्ष लगायत पदाधिकारीहरु सर्वसम्मत बन्नुभएको छ।झापा जिल्लाको १० औ अधिवेशनबाट दिपक कार्कि अध्यक्षमा सर्वसम्मत निर्वाचित हुनुभएको छ भने, उपाध्यक्षमा प्रेम गिरी , सचिवमा शिव ढुङ्गेल ,उपसचिवद्वयमा चन्द्रा श्रेस्ठ अशारु राजबंशी सर्वसम्मत निर्बाचित हुनुभएको छ।

त्यसैगरी धादिङ जिल्लाको आठौं अधिवेशनले भुमी त्रीपाठिलाई अध्यक्षमा चुनेको छ । बन्दसत्र सुरु भएपछी निर्वाचन प्रक्रियामा जादा अध्यक्षमा उहाँको मात्र उम्मेदवारी परेकोले अध्यक्षमा उहाँ सर्वसम्मत निर्वाचित हुनुभएको हो। यसैगरी अरु पदाधिकारीहरु पनि सर्वसम्मत टुंग्याउने कोसिस रहेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *