कैलाली एमालेमा सहमतिले जिल्ला नेतृत्व टुंग्याउन सकस : निर्वाचन प्रक्रियामै जाने संकेत

धनगढी ! नेकपा (एमाले) कैलालीको आठौं जिल्ला अधिवेशन धनगढीमा हिजोबाट सुरु भएको छ । उद्घाटनसत्र सकेर बन्दसत्रको पहिलो सेसन पनि सकिएकोले अब नेतृत्व चयनका लागि मात्र काम बाकी रहेको एक नेताले बताउनु भयो।

हिजो सांझबाट नेतृत्व सहमतिमै टुङ्ग्याउन पहल भएपनि अहिलेसम्म कुनै सहमती जुट्न नसकेको बताइएको छ। तथापी निर्वाचन समितिले हिजो सांझै आजको निर्वाचन तालिकाहरु सार्वजनिक गरिसकेको छ। जिल्ला नेतृत्व लिन मुख्यतः तीन जनाको तीब्र प्रतिस्पर्धा रहेको देखिन्छ। वर्तमान अध्यक्ष रतन थापाले आफू फेरि एक कार्यकाल नेतृत्वमा दोहोरिने अडान राख्दै आउनु भएको छ भने उपाध्यक्ष रण बहादुर चन्दले नेतृत्व हस्तान्तरण अनिवार्य भएकोले अबको नेतृत्व आफू हुनेमा विश्वस्त हुनुहुन्छ।त्यस्तै अर्का जिल्ला सचिवालय सदस्य डेजी पाण्डेले पनि जिल्ला अध्यक्षका लागि दरिलो दावी प्रस्तुत गर्नुभएको छ।

यसरी सरसर्ती हेर्दा नेतृत्व लिनकालागि होडबाजी नै रहेकाले सहमतिको संभावना न्यून देखिएको छ। निर्वाचन समितिले आज बिहान ८:३० बजे मतदाता नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको थियो। सोही अनुरुप निर्वाचनका अन्य प्रक्रियाहरु लाई पनि अघि बढाइसकिएको एक नेताले बताउनु भयो।

सहमतिमै नेतृत्व चयन हुनुपर्नेमा पार्टी सचिव एवं सुदुरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्ट,पार्टी पोलिटव्युरो सदस्य एवं कैलाली जिल्ला इन्चार्ज नारदमुनी राना,पार्टी पोलिटव्युरो सदस्य एवं सुदुरपश्चिम प्रदेश सह-इन्चार्ज लिला भण्डारीले स्पष्ट हिजोकै खुलासत्रमा बताइसक्नु भएको छ,उहाँहरुको मनसाय सहमतिमै नेतृत्व चयन होस भन्नेछ तर नेतृत्व लिन चाहने नेताहरुले एक अर्कालाई स्वीकार्न कठिन भएकोले सहमतिमा नेतृत्व चयन हुने संभावना कठिन बन्दै गएको बताइएको छ। अधिवेशन निर्वाचन प्रक्रियामा जाने भएपछि निर्वाचन समितिले निकालेको समयतालिका यस्तो छ:-                 

Leave a Reply

Your email address will not be published. Required fields are marked *