एमाले जिल्ला अधिवेशन : पाल्पामा धनेन्द्रराज घिमिरे निर्विरोध अध्यक्षमा निर्वाचित

काठमाडौं ! नेकपा (एमाले) पाल्पाको नवौं जिल्ला अधिवेशनले धनेन्द्रराज घिमिरेलाई अध्यक्षमा निविरोध निर्वाचित गरेको छ । हिजो शुक्रबारबाट सुरु भएको अधिवेशनबाट घिमिरे अध्यक्षमा निर्विरोध हुनुभएको हो।

१ सय ५ सदस्यीय एमाले जिल्ला कमिटीको उपाध्यक्षमा देवीलाल लामिछाने, सचिव भोजराज पोखरेल (रामजी), उपसचिव टीका थापा र सुनिता शर्मा निर्विरोध हुनुभयो । जिल्लाका ८१ वटै वडालाई समेटेर जिल्ला कमिटी निर्माण गरिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *