एमाले बझाङको जिल्ला अधिवेशन माघ १९ र २० गते हुने

काठमाडौं ! नेपाल कम्युनिष्ट पार्टी एमाले बझाङकाे आठौ जिल्ला अधिवेशन आयोजक कमिटीको बैठकले ८ औँ जिल्ला अधिवेशन माघ १९ र २० गते गर्ने निर्णय गरेको छ ।

बुधबार पार्टी कार्यालय चैनपुरमा बसेको प्रथम बैठकले पार्टीको जिल्ला अधिवेशन आगामी माघ १९ र २० गते केदारस्युँ गाउँपालिकाको झोतामा आयोजना गर्ने निर्णय गरेको छ।

जिल्ला अधिवेशनका लागि सबै वडाबाट प्रतिनीधि छान्ने र कार्यक्रम व्यवस्थापनको तयारी गरिने गरी अधिवेशनको मिती तोकिएको हो ।