एमाले जिल्ला अधिवेशन : यस्तो देखियो महासचिव पोखरेल उपस्थित ललितपुर अधिवेशन (तस्वीर सहित)

काठमाडौं ! नेकपा (एमाले) ललितपुरको आठौं जिल्ला अधिवेशनको उद्घाटनसत्र आज ललितपुरको मङ्गलबजारमा सम्पन्न भएको छ।
उक्त अधिवेशनसत्रमा प्रमुख अतिथिको रुपमा एमाले महासचिव शंकर पोखरेलको उपस्थिति थियो।

पार्टी अध्यक्ष केपी शर्मा ओलीसंगै ७० वटा जिल्लाहरुको जिल्ला अधिवेशनहरुलाई भर्चुअल माध्यमबाट उद्घाटन गरिसकेपछि महासचिव पोखरेल उक्त कार्यक्रममा पुग्नुभएको थियो।

उद्घाटनसत्रमा बोल्दै महासचिव पोखरेलले नेकपा (एमाले) ले लिएको बाटोले मात्र समाजवादको यात्रामा पुगिने जिकिर गर्नुभयो । पाँच दलिय गठबन्धनले देशमा अस्थिरता निम्त्याएकोले अब जनताले उक्त गठबन्धनलाई कुनैपनि हालतमा अनुमोदन नगर्ने ठोकुवा गर्नुभयो।                                                                     

Leave a Reply

Your email address will not be published. Required fields are marked *