एमाले अध्यक्ष ओलीद्रारा जिल्ला अधिवेशन भर्चुअल माध्यमबाट विधिवत् उद्घाटन

काठमाडौं ! नेकपा (एमाले) को जिल्ला अधिवेशनहरुको भर्चुअल उद्घाटन सम्पन्न भएको छ। अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल सम्बोधन मार्फत काठमाडौंबाट अधिवेशनहरुको उद्घाटन गर्नुभएको हो।

उक्त अवसरमा पार्टी महासचिव शंकर पोखरेल लगायत उपस्थित हुनुहुन्छ। महासचिव पोखरेलका अनुसार आज ७० वटा जिल्लाहरुमा मात्र अधिवेशन सुरु हुँदैछ। अन्य जिल्लाहरुमा केही प्राविधिक समस्याका कारण आज अधिवेशन हुन नसकेको जानकारी दिनुभयो र उक्त स्थानहरुमा चाडैं नै अधिवेशन गर्ने जानकारी दिनुभयो।

अधिवेशन उद्घाटनसगै अध्यक्ष ओलीले आफ्नो मन्तव्य सहित सम्बोधन गरिरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *