एमाले जिल्ला अधिवेशन उद्घाटनको अन्तिम तयारीमा : कैलालीमा अधिवेशन उद्घाटन अघि यस्तो देखियो(तस्वीरसहित)

धनगढी ! नेकपा (एमाले) कैलालीको आठौं जिल्ला अधिवेशनको उद्घाटनसत्र सुरु हुने क्रममा छ। धनगढीको रिद्दिसिद्दी पार्टी प्यालेसमा आयोजित यो अधिवेशनमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले काठमाडौंबाट भर्चुअल माध्यमबाट उद्घाटन गर्नुहुनेछ।

११ बजे उद्घाटन हुने कार्यक्रममा केही ढिला भएपनि अब सम्पुर्ण तयारी भैसकेको जनाइएको छ। पार्टी अध्यक्ष ओलीले ७७ जिल्लामा उद्घाटन गर्ने भर्चुअल जिल्ला अधिवेशनको लागि कैलालीको धनगढीमा पार्टी सचिव एवं सुदुरपश्चिम इन्चार्ज लेखराज भट्ट, पोलिटव्युरो सदस्य एवं एमाले कैलाली इन्चार्ज नारदमुनी राना,एमाले सुदुरपश्चिम प्रदेश सचिव धर्मराज पाठक लगायतका नेताहरु कैलाली अधिवेशन उद्घाटन स्थलमा पुगिसक्नु भएको छ। उहाँहरु लगायत नेता कार्यकर्ताहरु अध्यक्ष ओलीले उद्घाटन गर्नुहुने भर्चुअल कार्यक्रमको प्रतिक्षारत छन।                                                     

Leave a Reply

Your email address will not be published. Required fields are marked *