एमाले कैलाली जिल्ला अधिवेशन : नेतृत्वका लागि तीन जनाको चाहना

कैलाली : नेकपा (एमाले) का ७७ वटै जिल्लाहरुमा भोलि पौष २३ गते भर्चुअल माध्यमबाट एकैसाथ जिल्ला अधिवेशनको उद्घाटन हुँदैछ। पार्टी अध्यक्ष केपी शर्मा ओलीले भोलि एक कार्यक्रमका बीच भर्चुअल माध्यमबाट अधिवेशनको उद्घाटन गर्दै हुनुहुन्छ।

यसैगरी कैलालीमा एमालेका वर्तमान अध्यक्ष रतन थापा, उपाध्यक्ष रणबहादुर चन्द र डेजी पाण्डे अध्यक्ष पदका लागि आकांक्षी देखिनु भएको छ । एमालेको नवाैँ महाधिवेसनमा उपाध्यक्षमा निर्वाचित थापा र सचिवमा निर्वाचित चन्दले एमाले विभाजनपछि अध्यक्ष र उपाध्यक्षको पद सम्हालिरहनु भएको छ । दुवै जनाले स्वभाविक रुपमा आफूहरुको उम्मेदवारी हुने बताउदै राजनैतिक लबिङका साथै दरिलो दाबी प्रस्तुत गर्नुभएको छ ।

थापाले आफूमा सबैलाई समेटेर हिड्ने खुबी भएकोले र केही समय पार्टि जिल्लाको अभिभावक भएर काम गरेकोले स्वभाविक रुपमा अध्यक्षमा दाबी रहने बताउनु भयो साथै उहाँले सहमतिमै आफू अध्यक्ष बन्ने दावीसमेत गर्नुभयो । अर्का दाबेदार चन्दले पनि स्वभाविक रुपमा आफू अध्यक्षको दावेदार भएको बताउनु भयो। ‘विद्यार्थीकालदेखि नै एमालेको संगठन निर्माणमा जुटेको र अहिलेसम्म मैले त्याग गरेको छु,’ चन्दले भन्नुभयो, ‘त्यसैले पनि म अध्यक्षका लागि दावेदार हुँ, सबैले मलाई सहजरुपमा सहयोग गर्नुहुन्छ भन्ने विश्वास छ र म मा नै सबैलाई समेटेर हिड्ने क्षमता रहेकोले अबको नेतृत्व मैले पाउनेमा ढुक्क छु ।’

अर्का आकांक्षी पाण्डेले पनि पार्टी निर्माणका लागि लामो समय काम गरेको भन्दै अब नेतृत्वमा आउन चाहेको बताउनु भयो। पार्टिको वर्तमान परिस्थितिलाई अझ उचो बनाउन मेरो नेतृत्व आवस्यक छ,मैले नेतृत्व गर्ने मौका पाए एमालेलाई कैलालीमा कसैले औला देखाउन नमिल्ने बनाउछु,मैले कमाण्ड गरेका संगठन र अभियानहरु अहिलेसम्म कमजोर नबनेकाले यो अवस्थामा पार्टिको नेतृत्वमा खास व्यक्तित्वको आवस्यकता छ। पार्टिका साथिभाईहरुको चाहनापनि यो परिस्थितिसंग जुध्न म अब्बल छु भन्नेछ,त्यसैलेपनि मेरो दाबेदारी स्वभाविक हो र आशा छ मलाई नै सबैले नेतृत्वको लागि सर्वसम्मत गर्नुहुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *