तीर्थ भट्टराई र लोग्शरी कुँवर एमाले सुदूपश्चिम प्रदेश कमिटीमा निर्वाचित

धनगढी ! नेकपा (एमाले) को प्रथम सुदूपश्चिम अधिवेशनबाट धनगढी निवासी युवा नेता तिर्थराज भट्टराई र नेतृ लोग्शरी कुँवर प्रदेश कमिटी सदस्यमा अत्याधिक मतका साथ विजयी भएका छन् ।

निर्वाचित भएका दुबैजना नेताहरु देशभर चर्चित छन् । तिर्थराज भट्टराई सोसियल मिडियाका पार्टीका प्रखर प्रचारक हुन् । उनले प्रवासमा रहँदादेखि सोसियल मिडियामार्फत एमालेलाई ठूलो योगदान दिदै आएका छन्। उनी देशैभरी सोसियल मिडिया र मिडियाका अभियान्ता भनेर चिनिन्छन।

यसरी गरि नेतृ लोग्शरी कुँवरपनि सामाजिक अभियान्ताको नामले परिचित पात्र हुन् । उनले मिडियामार्फत पनि एमालेलाई ठूलो योगदान दिएकी छिन् । उनी प्रेस चौतारी नेपालकी सचिवपनि हुन् ।

भट्टराई युवा कलस्टरबाट निर्वाचित भएका हुन् भने कुवर खुला महिला कलस्टरबाट निर्वाचित भएकी हुन् । एमालेको प्रथम सुदूरपश्चिम अधिवेशन यहि असोज २१ देखि २३ सम्म हुने भनिएपनि बन्दसत्रको काम लम्बिएकाले शुक्रबारमात्र सम्पन्न भएको थियो। अधिवेशनबाट पदाधिकारीहरु सर्वसम्मत निर्वाचित भएका थिए। अध्यक्षमा अछामका कृष्ण प्रसाद जैसी,उपाध्यक्षमा बाजुराका कालिबहादुर शाही,सचिवमा कैलालीका रण बहादुर चन्द,सहसचिवमा भागिरथी बिष्ट र नर बहादुर बिश्वकर्मा निर्वाचित भएका छन् ।