एमाले कोशी प्रदेश अध्यक्षमा घनश्याम खतिवडा निर्वाचित

काठमाडौ ! नेकपा एमाले कोशी प्रदेश अध्यक्षमा मोरङका घनश्याम खतिवडा निर्वाचित भएका छन् । खतिवडाले मोरङका विनोद ढकाललाई ७३ मतले पराजित गरेका हुन् । कुल ९७७ खसेको मतमा खतिवडाले ५१२ मत ल्याउँदा ढकालले ४३९ मत ल्याए ।

एमाले कोशी अधिवेशनमा कुल ९९७ प्रतिनिधिमध्ये ९ सय ७७ मत खसेको थियो । अध्यक्षमा खतिवडा निर्वाचित हुँदा सचिवमा भने पाँचथरका राजकुमार भण्डारी निर्वाचित भएका छन् । भण्डारीले उदयपुरका शैलेश लामालाई पराजित गरेका हुन् ।

उपसचिवमा मोरङका खेमराज नेपाली, खोटाङका देवान राई र झापाकी जलवर्षा राजवंशी उम्मेदवार रहेकामा राई र राजवंशी निर्वाचित भएका छन् ।

उपाध्यक्ष टीकाराम चेम्जोङसहित ४९ जना सदस्य निर्विरोध निर्वाचित भएका थिए । अध्यक्ष, सचिव र दुई उपसचिवसहित गरी ४ पदाधिकारी र १ सय ६२ सदस्यका गरी १ सय ६७ पदका लागि चुनाव भएको थियो ।