एमालेको कर्णाली प्रदेश अधिवेशनमा आज मतदान हुँदै

काठमाडौं ! नेकपा एमाले कर्णाली प्रदेशको प्रथम अधिवेशनको नेतृत्व चयनका लागि आज मतदान हुदैछ । आज १२ बजे देखि मतदान हुने भनिएकोमा त्यसलाई ३ बजे सार्ने तयारी भइरहेको अध्यक्ष मण्डलका एक सदस्यले बताए ।
उनका अनुसार आज बिहान ८बजे उम्मेद्वारी फिर्ताको समयलाई सारेर १० बजेसम्म समय थपिएको छ । तीनदिन अघि सुरु भएको अधिवेशनको हिजोको मनोनयनमा अध्यक्ष पदमा पाँचजनाले उम्मेद्वारी दर्ता गरेका छन् । निर्वाचन अधिकृत रामबाबु विसीका अनुसार सल्यानका गुलाबजंग शाह,कालिकोटका मीन बहादुर शाही, दैलेखका राजबहादुर शाही,कालिकोटका प्रेमबहादुर सिंह र कालिकोटकै प्रकाश रोकायले उम्मेद्वारी दर्ता गराएका छन् ।
एक उपाध्यक्षका लागि तीन्जनाले मनोनयन दर्ता गरेका छन् । जसमा टेकराज पछाई जुम्ला,लालबहादुर महतरा जाजरकोट र दानसिंह परियार मुगु रहेका छन् । सचिवमा सुर्खेतका डण्डी शर्मा र ध्रुव शाही र दैलेखका रुद्र शाहीको उम्मेद्वारी छ । दुई उपसचिवका लागि ११ जनाको उम्मेद्वारी परेको छ । पाँच पदाधिकारी र १ सय ३० जना प्रदेश सदस्य गरी १सय ३५ जनाको प्रदेश कमिटी गठन हुनेछ ।