एमाले कर्णाली प्रदेश अध्यक्षका लागि ४ जनाको उम्मेदवारी दर्ता

काठमाडौं ! नेकपा एमाले कर्णाली प्रदेश अध्यक्षका लागि चार जनाले उम्मेदवारी दिएका छन्।

अध्यक्षका लागि मिनबहादुर शाही, गुलाबजंग शाह, राजबहादुर शाही र प्रेमबहादुर सिंहले उम्मेदवारी दिएका हुन्।

बुधबारदेखि सुरू भएको प्रदेश अधिवेशनबाट १३५ सदस्यीय कमिटी चयन हुनेछ। बिहीबार र शुक्रबार दिनभर सर्वसम्मत नेतृत्वका बारेमा छलफल भए पनि सहमति भएन। सर्वसम्मत नेतृत्व चयन गर्न सम्भव नभएपछि अध्यक्ष मण्डल निर्वाचनको प्रकृयामा अघि बढेको हो।