एमाले बागमती प्रदेशमा साढे एघार बजेबाट मतदान हुँदै : अध्यक्षमा ढुंगेल र दाहाल भिड्दै

काठमाडौं ! नेकपा (एमाले) वाग्मती प्रदेशको अधिवेशनअन्तर्गत मतदान साढे ११ बजेमात्रै शुरू हुने भएको प्रमुख निर्वाचन अधिकृत डिल्ली मैनालीले जानकारी दिए । उनका अनुसार साढे ११ बजेदेखि साढे ५ बजेसम्म मतदान हुनेछ ।

अध्यक्ष पदमा कैलाश ढुंगेल र कृष्ण दाहालले उमेदवारी दिएका छन् । उनीहरूले प्रतिनिधिहरूसँग मत मागिरहेका छन् ।