बागमतीका तत्कालीन लोकप्रिय कृषिमन्त्री लामाले दिए उपाध्यक्षमा उम्मेदवारी

काठमाडौं ! नेकपा एमालेको बागमती प्रदेश कमिटीको उपाध्यक्षमा चितवनका दावादोर्जे लामाले  उम्मेदवारी दर्ता गरेका छन् ।
लामाको प्रस्तावकमा कृष्णभक्त पोख्ररेल र समर्थकमा हिरा लामा रहेका छन् ।

लामाले बागमती प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री रहेर काम गरिसकेका छन ।  मन्त्री रहँदा उनले प्रदेशभरिका सबै नेता कार्यकर्ताहरू मात्र नभै जनमुखी उत्कृष्ट कार्यक्रम ल्याई लोकप्रिय नेताको रूपमा आफूलाई स्थापित गरेको नेताहरु बताउँछन ।

निरंकुश पंचायती व्यवस्था विरुद्ध २०४३ मा जनपक्षीय प्रधानपञ्च समेत भएका लामा विगत ४५ वर्षदेखि सक्रिय राजनीतिमा निरन्तर क्रियाशील रहँदै आएका छन् ।

नेकपा हुँदा बागमती प्रदेश कमिटी सचिवालय सदस्य समेत रहेका लामा सरल र सादगी नेताको रूपमा चिनिन्छन् ।
चितवनको राप्ती नगरपालिकाका स्थायी बासिन्दा लामा लोकतान्त्तिक तामाङ संघका केन्द्रिय अध्यक्षसमेत हुन ।