एमाले सुदूरपश्चिम प्रदेश कमिटीको प्रथम अधिवेशनको लोगो सार्वजनिक

काठमाडौं। यहि असोज २१ र २२ धनगढीमा हुने नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीको प्रथम अधिवेशनको लोगो आज शनिबार सार्वजनिक भएको छ ।

आज धनगढी पार्टी कार्यालयमा आयोजित एक कार्यक्रममा नेकपा एमालेका सचिव एवं सुदूरपश्चिम प्रदेश इञ्चार्ज छविलाल विश्वकर्माले उक्त प्रथम अधिवेशनको लोगो सार्वजनिक गर्नुभएको हो ।

अधिवेशनका लागि एमाले सुदूरपश्चिमले तयारी तीब्र पारेको छ।अधिवेशनका लागि प्रतिनिधि छनौटको काम भने बाँकी रहेको छ।