लुम्बिनीमा टिकेन भ्रमको खेती : रिजालविरुद्धको उजुरी खारेजसँगै नेतृत्वका लागि निर्वाचन हुने

काठमाडौं । नेकपा (एमाले) लुम्बिनी प्रदेश अध्यक्षका उमेदवार हरिप्रसाद रिजालविरुद्धको उजुरी खारेज भएको छ ।
एमाले निर्वाचन समितिका प्रमुख हरिप्रसाद भण्डारीले रिजालको उमेदवारी वैध ठहर भएको जानकारी दिए ।

महाधिवेशन प्रतिनिधि राजु श्रेष्ठले उनको उम्मेदवारी अवैध भन्दै खारेजीको माग गरेर निर्वाचन समितिमा उजुरी दिएका थिए । एमाले प्युठान कमिटीले रिजाल सोही प्रदेशको भएको पत्र पठाएपछि निर्वाचन समितिले रिजालको उमेदवारी सदर गरेको हो ।

“उहाँविरुद्धको उजुरी खारेज भएको छ । उमेदवारी सदर भएको छ,” उनले भने, “अब ८ बजेदेखि मतदान हुने छ ।”

लुम्बिनीमा एमालेको १०औँ महाधिवेशनपछि अध्यक्ष तोकिएका राधकृष्ण कँडेल र रिजालबीच प्रतिष्पर्धा हुँदै छ ।

रिजालका विरुद्ध पार्टी उपाध्यक्ष बिष्णु पौडेल समर्थकहरुले भ्रम छरेर उनको उम्मेदवारी खारेजी गर्ने षडयन्त्र भएको थियो। उक्त षड्यन्त्र खारेज भएसँगै अब अधिवेशन माहोल निर्वाचनतर्फ मोडिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *