एमाले दशौं महाधिवेशन : प्रदेश १ बाट सचिवमा नेता हिक्मत कार्कीको चर्चा

काठमाडौं । नेकपा एमालेको १० औं महाधिवेशन नजिकिँदै गर्दा एमालेका नेताहरुले विभिन्न पदमा उम्मेदवारी घोषणा तथा आकांक्षी देखिन थालेका छन् ।अध्यक्ष, उपाध्यक्ष लगाएत अन्य पदाधिकारी भन्दा सचिव पदमा आकांक्षी धरै देखिएका छन् ।

सचिव पदका लागि धेरै नेताको नाम चर्चा चलिरहेकै बेला १ नम्बर प्रदेशका नेता हिक्मत कार्कीको पनि सचिवमा उम्मेदवारी रहने चर्चा चलिरहेको छ । नेता कार्की लामो समयदेखि एमालेको सिद्धान्तमा रहँदै केपी ओलीलाई सहयोग गर्दै आएका व्यक्ति रहेका र राजनीतिमा निष्ठापुर्वक लागेका व्यक्ति भएका राजनीतिज्ञले बताउँदै आएका छन् । अध्यक्ष ओलीकै निर्वाचन क्षेत्रमा रहेका र हरेक सुखदुखमा लामो समयदेखी साथ दिई रहेका नेताहरु मध्ये कार्की एक हुन, साथै कार्यकर्ता माझ उनी निकै लोकपृय पनि छन। हाल कार्की पार्टिको केन्द्रिय सदस्य र झापा – ५ (क) निर्वाचन क्षेत्रबाट प्रदेशसभा सदस्य पनि हुन। त्यस अघि कार्कीले एमालेको विभिन्न पदमा रहि सफल कार्यकाल विताइसकेका छन् ।कार्की प्रदेश १ मा मात्र नभएर देशकै लोकपृय नेता मध्येका एक हुन।

यहि मंसिर १० गतेदेखि चितवनमा शुरु हुने एमालेको महाधिवेशनमा ७ सचिवका लागि दुई दर्जन बढी आकांक्षी रहेको देखिन्छ । सर्वसम्मत गराउने पार्टीको नीति रहेपनि सचिव पदका लागि मतदान नै हुने सम्भावना बढेको धेरैले अनुमान लगाउन थालेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *