एमाले दशौं महाधिवेशनबाट नेता कर्ण थापा सचिवमा निर्वाचित हुने प्रवल संभावना (तथ्यसहित)

काठमाडौं ! नेकपा(एमाले)को आसन्न दशौ महाधिवेशन नजिकिदै जादा नेताहरुले महाधिवेशनमा आफू उठ्ने पद कहिँ मुख खोल्दैछन भने कहिँ कार्यकर्ताले नै फलानो नेताले यसपाली यो पदमा उठे जीत पक्का हुने ठोकुवा गर्न थालेका छन।

मंसिर १० देखि १२ सम्म चितवनमा हुने पार्टिको दशौ महाधिवेशनमा अध्यक्ष पदमा केपी शर्मा ओली सर्वसम्मत हुने पक्का भएसगै अरु नेताहरुले आ-आफ्नो पद सुरक्षित खोजिरहेका छन।बरिस्ठ उपाध्यक्ष,उपाध्यक्ष,महासचिव,उप-महासचिव र सचिवमा धेरैको भिडन्त हुने संभावना देखिएको छ किनकी एमालेमा पदाधिकारीको लागि दावेदार नेताहरु धेरै छन।

विधान महाधिवेशनले ७ जना सचिव राख्न मिल्नेगरी पार्टीको विधान पारित गरेको छ । देश संघियतामा गैसकेको र सातै प्रदेशबाट १/१ जना सचिव राख्ने मनस्थितिमा यो विधान पारित गरिएको हो।यस्तो अवस्थामा सुदुरपश्चिम प्रदेशबाट सचिवका दावेदार वा आकाङ्क्षिमा प्रदेश इन्चार्ज लेखराज भट्ट र प्रदेश अध्यक्ष कर्ण थापा देखिन्छन।पुर्व माओवादी खेमाबाट लेखराज भट्ट भन्दा टोप बहादुर रायमाझी सिनियर रहेकाले उहाँहरुको पदाधिकारीमा व्यवस्थापन गर्नुपर्दा सचिवमा टोप बहादुर रायमाझीको संभावना बलियो देखिन्छ।उता टोप बहादुरलाई सचिवमा ल्याइएपछि यता सुदुरपश्चिम प्रदेशबाट लेखराज भट्टको पदाधिकारीमा आउने संभावना कम हुने प्रस्ट देखिन्छ ।लेखराज भट्टको त्यो परिस्थिति पछि प्रदेशबाट छानिनुपर्दा वर्तमान प्रदेश अध्यक्ष कर्ण बहादुर थापाको संभावना बलियो रहेको एक नेताले सभ्यखबरलाई बताए ।

पार्टी महाधिवेशनमा सर्वसम्मत छानिदा वा निर्वाचनकै माध्यमबाट अघि बढ्दापनि सुदुरपश्चिम बाट कर्ण बहादुर थापाको सचिवमा आउने संभावना प्रवल देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *