सामाजिक संजालमा सुरु भयो,दशौ महाधिवेशनमा शंकर पोखरेललाई महासचिव बनाउ अभियान

काठमाडौं ! नेकपा एमालेको आसन्न दशौ महाधिवेशन नजिकिदै गर्दा महाधिवेशनको रौनकहरु बढ्दै गएको छ। मंसिर १०,११ र १२ मा चितवनमा आयोजना हुने उक्त एतिहासिक महाधिवेशनमा हाल महाधिवेशन प्रतिनिधि छनौटको काम अन्तिम चरणमा पुगेको छ।

धेरै जिल्लाहरुमा सर्वसम्मत महाधिवेशन चुनिसकेपनि केही ठाउमा केही विवाद रहेकाले अबको १/२ दिनभित्रै महाधिवेशन प्रतिनिधिहरुको टुंगो लागिसक्ने एक नेताले सभ्यखबरलाई जानकारी दिनुभयो।

महाधिवेशनको सर्मागर्मीसगै पार्टिको पदाधिकारीमा उठ्ने र जिताउनुपर्ने उम्मेदवारहरुको पनि चर्चा हुन सुरु भैसकेको छ।यसपालिको महाधिवेशनमा सकभर सर्वसम्मतिले नेतृत्व चयन गर्न तत्पर रहेको नेतृत्वमा हालका अध्यक्ष केपी शर्मा ओली नै दोहोरिने प्रायः निश्चित छ । अध्यक्षमा अध्यक्ष ओलीको विकल्प नरहेपनि उपाध्यक्ष लगायत अर्को महत्त्वपुर्ण पद महासचिवमा पार्टिका प्रभावशाली नेता शंकर पोखरेलको नाम चर्चामा आउन थालेको छ । पार्टिका वैचारिक नेताका रुपमा स्थापित नेता पोखरेल केपी ओली जस्तै क्षमता भएका नेताका रुपमा कार्यकर्ताले बुझ्ने गर्दछन। एघारौ महाधिवेशनमा दोस्रो तहका प्रायः नेताहरुको ७० बर्षे उमेर हदका कारण पार्टिको सक्रिय राजनितिबाट बिदा लिनुपर्ने परिस्थितिले उक्त समयमा पार्टिको नेतृत्व लिन सक्षम व्यक्ती नै आगामी दशौ महाधिवेशनबाट महासचिवमा निर्वाचित भै एघारौमा पार्टीको नेतृत्वमा पुग्नुपर्छ भन्ने ठम्याइ छ।

सरल स्वाभाव,विपक्षी नेताहरुको पनि नजरमा परेका र पार्टिलाई सहि दिशामा अघि बढाउन सक्ने नेताका रुपमा शंकर पोखरेललाई कार्यकर्ताले बुझेका छन।महाधिवेशन नजिकिदै गर्दा सहमतिमा होस् वा निर्वाचन प्रक्रियाबाट होस आगामी महासचिव शंकर पोखरेल नै हुनुपर्छ भन्दै पार्टिका सक्रिय कार्यकर्ताहरुले सामाजिक सन्जालमा अबको महासचिव शंकर पोखरेल भन्दै अभियान नै सुरु गरेका छन।हेर्नुहोस,सामाजिक सन्जालमा पोस्ट भएका पोस्टरहरु:-                 

Leave a Reply

Your email address will not be published. Required fields are marked *