एमाले कैलालीका १३ मध्ये ७ पालिकाहरुमा सर्वसम्मत कमिटी चयन : धनगढी उपमहानगरपालिकामा रामचन्द्र जोशी निर्वाचित

कैलाली ! नेकपा(एमाले) सुदुरपश्चिम प्रदेश मातहतका स्थानीय पालिका कमिटीका अधिवेशनहरु मध्ये कैलाली जिल्लाका १३ वटा पालिका मध्ये ७ वटा पालिकाहरुमा सर्वसम्मत कमिटी निर्वाचित भएका छन।

हिजो कार्तिक १५ गते भएका अधिवेशनहरुमा अधिकांश पालिकाहरुमा सर्वसम्मत नेतृत्व चयन गर्ने योजना अनुरुप हाल ७ वटा पालिकहरुमा नेतृत्व सहित कमिटी चयन भैसकेको सभ्यखबरलाई जानकारी प्राप्त भएको छ।जस् अनुसार धनगढी उपमहानगरपालिका ,जानकी गाउँपालिका, ब्रदागोरिया गाउँपालिका,जोसिपुर गाउँपालिका,गौरिगङगा नगरपालिका, चुरे गाउँपालिका र कैलारी गाउँपालिकामा सर्वसम्मत कमिटी चयन भैसकेका छन भने बाकी पालिकाहरुमा प्रक्रियामा रहेको जनाइएको छ।

यसैगरी प्रदेशकै हव मानिने अस्थायी राजधानी धनगढी उपमहानगरपालिकामा नगर कमिटी सर्वसम्मत चयन भएको छ। ८५ सदस्यीय कमिटिमा रामचन्द्र जोशी अध्यक्षमा निर्वाचित भएका छन।त्यसैगरी उपाध्यक्षमा जगदिश चौधरी,सचिवमा प्रेम महरा,उपसचिवमा झुम अधिकारी र दिप्ती शाही निर्वाचित भएका छन।निर्वाचित कमिटिका पदाधिकारी सहित सदस्यहरुलाई पार्टिका स्थायी कमिटी सदस्य तथा प्रदेश इन्चार्ज लेखराज भट्टले पद तथा गोपनियताको सपथ खुवाउनुभएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *