नेकपा एमाले धनगढी उपमहानगरपालिकाको नगर अध्यक्षमा रामचन्द्र जोशी सर्वसम्मत

काठमाडौं ! नेकपा एमाले धनगढी उपमहानगरपालिकाको अधिवेशनको बन्दसत्रको कार्यक्रम सम्पन्न भएको छ।बन्दसत्रबाट निवर्तमान नगर संयोजक रामचन्द्र जोशीको अध्यक्षतामा ८५ सदस्यीय नगरकमिटी सर्वसम्मत निर्वाचित भएको छ।हिजो कार्तिक १५ गते उद्घाटन भएको अधिवेशन बन्दसत्रमा प्रवेश गरि आजसम्मका लागि स्थगित भएको थियो।

नवनिर्वाचित कमिटिमा पदाधिकारी बाहेक अन्य सदस्यहरु हिजै सर्वसम्मत भएका थिए भने पदाधिकारीहरुको उम्मेदवारी आवस्यकता भन्दा बढी परेको हुनाले आजसम्मका लागि अधिवेशन सरेको थियो।निर्वाचित पदाधिकारी र सदस्यहरुको नाम निर्वाचन कमिटिले घोषणा गर्न बाकी रहेपनि पदाधिकारी र सदस्यहरु सर्वसम्मत भैसकेको एक नेताले सभ्यखबरलाई जानकारी दिनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *