धनगढी उपमहानगरपालिकाको प्रथम नगर अधिवेशन सुरु

कैलाली। सुदुरपश्चिम प्रदेशको विभिन्न पालिकाहरुमा नेकपा एमालेको अधिवेशन सुरु भएको छ ।

यसै अनुरुप सुदुरपश्चिम प्रदेशको अस्थायी राजधानी अर्थात कैलाली जिल्लाको सदरमुकाम धनगढी उपमहानगरपालिकापनि प्रथम अधिवेशन सुरु भएको छ।प्रदेशकै हवको रुपमा चिनिने धनगढी उपमहानगरपालिकाको पालिका अधिवेशनलाई विशेष चासोका रुपमा प्रदेशभरी हेरिएको छ।उक्त नगर अधिवेशनको खुला सत्रको कार्यक्रममा प्रमुख अतिथिको रुपमा पार्टिका केन्द्रीय सदस्य एवं कैलाली जिल्लाका इन्चार्ज नारदमुनी राना रहनुभएको छ।

उक्त अधिवेशनमा अतिथिका रुपमा पार्टिका प्रदेश कमिटी सदस्यहरु,जिल्ला कमिटिका सदस्यहरु,भ्रातृसंगठनका पदाधिकारीहरु,पत्रकार लगयात अन्य बुद्धिजीवीहरुको उपस्थिति रहेको छ।अधिवेशनमा वडाहरुबाट आएका प्रतिनिधि लगायत पार्टिका संगठित सदस्यहरुको उल्लेख्य उपस्थिति रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *