एमाले गोदावरी नगरपालिका वडा न. ४ मा वडा अधिवेशन सम्पन्न : रविन्द्र रोकामगरको अध्यक्षतामा ३१ सदस्यीय कमिटी चयन

कैलाली।नेकपा(एमाले) गोदावरी नगपालिका वडा न. ४ को अधिवेशन आज सम्पन्न भएको छ। गत १२ गतेबाट प्रदेशभरी आयोजना भएको वडा अधिवेशनहरुमा धेरै ठाउँहरुमा नेतृत्व सर्वसम्मत चयन भएका थिए भने केही वडाहरुमा नेतृत्वको दावेदारी गर्ने उम्मेदवारहरु बढी भएका कारण अधिवेशन लम्बिएको थियो।सोही कारणले लम्बिएको यस वडाको आज सम्पन्न वडा अधिवेशनबाट रविन्द्र रोकामगरको अध्यक्षतामा ३१ सदस्यीय कमिटी निर्वाचित भएको छ।

पार्टिको वडा अध्यक्षमा निर्वाचित रोकामगर यस अघि प्रवासमा पार्टिको कमिटिमा काम गरेर स्वदेश फर्किएका थिए।प्रवासी नेपाली मंच युएइको अबुधावी राज्य कमिटी सदस्य रहेर काम गरेका रोकामगर तीन बर्ष अघिमात्र स्वदेश फर्किएर आफ्नै भुगोलमा राजनीतिका साथसाथै व्यवसायमा पनि आवद्ध रहेका छन। हाल रास्ट्रीय युवासंघ नेपालको सचिवालय सदस्य समेत रहेका रोकामगर प्रदेशभरी चर्चित युवा नेता मध्यमा पर्छन। गोदावरी नगरपालिका वडा न.४ मा उनको नेतृत्वमा पार्टी रहदा पार्टी चलयमान र सशक्त हुने बुझिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *