धनगढी उपमहानगरपालिका वडा न. ३ र १८ मा अधिवेशन सम्पन्न : अध्यक्षमा क्रमशः पार्वती सिंह र नारायण सुवेदी निर्वाचित

कैलाली! नेकपा (एमाले) धनगढी उपमहानगरपालिका अन्तरगत वडा न. ३ र वडा न. १८ को वडा अधिवेशन भब्यताका साथ आज सम्पन्न भएको छ।

उक्त वडा भेलाले वडा न. ३ मा पार्वती सिंहको अध्यक्षतामा  कमिटी सर्वसम्मत निर्वाचित गरेको छ भने वडा न.१८ मा नारायण सुवेदीको अध्यक्षतामा ४१ सदस्यीय कमिटी सर्वसम्मत निर्वाचित गरेको छ।
उक्त वडा अधिवेशनको प्रमुख अतिथिमा पार्टिकी केन्द्रिय सदस्य एवं कैलाली जिल्ला सह- इन्चार्ज लिला भण्डारी रहनुभएको थियो साथै अधिवेशनमा पार्टिका स्थानिय नेता कार्यकर्ताको उल्लेख्य उपस्तिथि रहेको थियो।                                                                           

Leave a Reply

Your email address will not be published. Required fields are marked *